×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले पनि घटायो ब्याजदर 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंकले पनि घटायो ब्याजदर 

२४ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कुमारी बैंकले ब्याजदर घटाएको छ । बैंकले मंसिर २४ गतेदेखि लागू हुनेगरि ब्याजदरमा परिमार्जन गरेको हो । 

बैंकले यसअघि मंसिरमा कात्तिककै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको थियो । तर, अन्य बैंकहरुले ब्याजदर घटाएपछि कुमारी बैंकले पनि मंसिरको ब्याजदर परिमार्जन गर्दै घटाएको हो ।

बैंकले यसअघि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १०.०१ प्रतिशत र संस्थागत मुद्दतीतर्फ ८.०१ प्रतिशत ब्याज दिँदै आएको थियो । तर, बैंकले उक्त ब्याज परिमार्जन गर्दै व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.६१० प्रतिशत र संस्थागततर्फ ७.६१० प्रतिशत बनाएको छ । 

यसअघि एनआईसी एशिया बैंकले ब्याजदर घटाएको थियो । त्यसलगत्तै अन्य बैंकहरु पनि ब्याजदर घटाउने दबाबमा परेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी