काठमाडौँ । पोखरामा १७ वर्षीय एक किशोर चोरी आरापमा चौथो पटक पक्राउ परेका छन् । बाग्लुङ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१६ दिपमा बस्दै आएका ती किशोर चौथो पटक चोरी आरोपमा पक्राउ परेका हुन् । उनलाई वडा प्रहरी कार्यालय बगरको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका १७ वर्षीय किशोर यसअघि पनि चोरी आरोपमा पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले पुष्टि गरेका छन् ।
थापाका अनुसार ती युवक यसअघि तीनपटक चोरी मुद्दामा पक्राउ परिसकेका हुन् । यसपटक भने ती युवकलाई स्कुटर चोरी गरेको आरोपमा पक्राउ गरिएको कास्की प्रहरी प्रमुख थापाले बताएका छन् ।
थापाका अनुसार ती युवकले मंसिर १९ गते पोखरा–३ नदीपुरमा पार्किङ गरेर राखिएको ग १४ प २०३४ नम्बरको स्कुटर र पोखरा–१ बगरस्थित पार्किङ गरी राखिएको ग ८ प ९९३ नम्बरको स्कुटर चोरी गरेका हुन् । स्कुटर हराएको भन्ने उजुरीका आधारमा वडा प्रहरी कार्यालय बगरको टोलीले खोजतलास गर्दा हराएको स्कुटरसहित ती युवक पक्राउ परेका हुन् ।
हाल पक्राउ परेका ती युवकलाई चोरी तथा डाँकासम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्