Skip to content
LAXMI SUNRISE BANK

बुधबार घट्यो सुनको मूल्य, प्रतितोला एक लाख १६ हजार रुपैयाँ

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३०० रुपैयाँले घटेर एक लाख १६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ३०० रुपैयाँले घटेर प्रतितोला एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १४०० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य ९९ हजार ४ सय ५० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९८ हजार ९ सय ८० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२ सय रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK