काठमाडौँ । नेपाली सेनामा जागिर खुलेको छ । नेपाली सेनाले मेडिकल, हवाई सेवा लगायत प्राविधिक सेवामा रिक्त पदपूर्तिका लागि १ सय २५ जना कर्मचारीका लागि जागिर खुलाको हो ।
शुक्रबार सेनाले एक सूचना प्रकाशित गर्दै हवाई सेवा, मेडिकल, प्राविधिकलगायत विविध पदमा १ सय २५ जना कर्मचारी मागेको छ ।
सेनाले मेडिकलतर्फ ३२ जना, नर्सिङतर्फ १८ जना, सैनिक ब्यान्डतर्फ १४ जना, मर्मततर्फ १२ जना, अन्य सेवा तर्फ ४२ जना कर्मचारी चाहिएको शुक्रबार राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गर्दै सेनाले जनाएको छ ।
उल्लेखित पदहरूमा काम गर्न इच्छुक र योग्यता पुगेकाहरूले सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ गते भित्र दरखास्त दिनुपर्ने उल्लेख छ । सेनाले आवेदन दिँदा पदअनुसार फरक–फरक दरखास्त शुल्क तिर्नुपर्ने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्