Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३०० रुपैयाँले बढेर एक लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ३०० रुपैयाँले बढेर प्रतितोला एक लाख १८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १४७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम तेजाबी सुनको मूल्य एक लाख २ हजार १ सय १० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य एक लाख एक हजार ६ सय ४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२६० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK