काठमाडौँ । रुरु जलविद्युत परियोजनाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १०.५२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले घोषणा गरेको नगद लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण गरिनेछ । लाभांश पारितको प्रस्ताव कम्पनीले पुष २५ गते काठमाडौँको लिसरा रिसेप्सनमा बस्ने साधारण सभामा पेश गर्नेछ ।
सार्थ कम्पनीले साधारणभामा गत आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि पेश गर्ने जनाएको छ ।
त्यस्तै, सभामा आर्थिक वर्ष २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि प्रस्तुत गरिनेछ । साधारणसभाका लागि कम्पनीले पुष १७ गते बुक क्लोज गर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्