Skip to content
LAXMI SUNRISE BANK

बिहीबार स्थिर रह्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि स्थिर रहेर प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर प्रतितोला १४८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य एक लाख दुई हजार २५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य एक लाख एक हजार ५ सय ५५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२६९ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK