Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकले सेयरधनीलाई लाभांश नदिने

अर्थ सरोकार

काठमाडौं । नेपाल बैंक लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको पुष ४ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।

उक्त बैठकले लाभांश वितरण नगर्ने गरी वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने भएको छ ।

गत वर्ष भने बैंकले २ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष बैंकले लाभांश नदिने भएपछि सेयरधनीहरु निराश भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK