काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय खरचुहिया, सप्तरीले बिमा दावी रकम भुक्तानी गरेको छ । यस संस्थामा आवद्ध रहेकी सदस्य अनु कुमारी चौधरीको मृत्यू पश्चात मृतकको श्रीमान् राम किसुन चौधरीलाई बिमाको क्षतिपुर्ति रकम उपलब्ध गराएको हो ।
सप्तरी जिल्ला शम्भुनाथ नगरपालिका वडा नं.८ बैरीयाही टोलमा रहेको केन्द्र नं.५३ कि सदस्य अनु कुमारी चौधरीले उक्त संस्थाबाट १ लाख २५ हजार रुपैयाँ कर्जा लिएकी थिईन् । सदस्यको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा हुनेगरि कर्जा बिमा अन्तर्गत बिमितको मृत्यू पश्चात दिइने काजक्रिया खर्च रु २५ हजार रुपैंयाँ र सम्पूर्ण साँवा ब्याज तिरिसकेको हुनाले बिमाङ्कन रकम १ लाख २५ हजार र काज क्रिया खर्च रु २५ हजार गरी कुल रकम रु १ लाख ५० हजार फिर्ता गरेको छ ।
मृतका श्रीमानलाई केन्द्र बैठकमा नै पुगि केन्द्र प्रमुखको अध्यक्षतामा १ लाख ५० हजार रकम एकमुष्ट भुक्तानी गरेको संस्थाका शाखा प्रबन्धक महेश प्रसाद चौधरीले जानकारी दिएका छन् । संस्थाले ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनरुप विभिन्न कार्यक्रमको माध्यमद्धारा ऋण बिमा, बाली बिमा, पशु बिमा लगायत निक्षेप, क्रेडिट ग्यारेन्टी कोषको माध्यमद्धारा पनि ग्राहक संरक्षण गर्ने र सुत्केरी महिलाहरुलाई सुत्केरी स्याहार र बाल पोषण भत्ताको पनि व्यवस्था गरेको छ ।
संस्थाले दुःखको समयमा सहयोग स्वरुप रकम उपल्वध गराईदिएको भन्दै केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई आभार व्यक्तसमेत गरेका छन् । रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक, चौधरी र केन्द्रका संचालक राम सोगारथ राय यादवको उपस्थिति रहेको थियो ।