×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा स्टार्टअप इन्कुवेशन/ईन्नोभेसन सेन्टर स्थापना गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काठमाडौँमा स्टार्टअप इन्कुवेशन/ईन्नोभेसन सेन्टर स्थापना गरिने

Artha Sarokar

८ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँमा स्टार्टअप इन्कुवेशन/इन्नोभेसन सेन्टर सञ्चालन हुने भएको छ । शुक्रबार जिल्ला समन्वय समिति र स्टार्टअप हब नेपालले संयुक्त रुपमा स्टार्टअप इन्कुवेशन/इन्नोभेसन सेन्टर सञ्चालन गर्ने विषयमा सम्झौता गरेका छन् ।

जिल्ला समन्वय समिति र स्टार्टअप इन्कुवेशन/इन्नोभेसन सेन्टरबीच भएको सम्झौता अनुसार काठमाडौँ जिल्ला समन्वय समितिको भवनमा देशमा रहेका उच्च सम्भावनायुक्त स्टार्टअपहरुलाई मेन्टरसिप, पोलिसी गाईडेन्स, एक्पर्ट सहजिकरण तथा लगानी सहजीकरण लगायतका सुविधाहरु दिइनेछ । स्टार्टअप इन्कुवेशनबाट नेपालले स्टार्ट वल्र्डकपमा राम्रो उपस्थिति जनाउने, स्थानीय तथा राष्ट्रिय तहमा उन्नयन ल्याउने लगाएतका अपेक्षा गरिएको छ ।

स्टार्टअप वल्र्डकप विश्वका एक सय मुलुकका स्टार्टअपहरुबीचको प्रतिस्पर्धा हो । नेपालबाट हालसम्म ३ सिजनमा गरी ३ जना स्टार्टअपले सिलिकन भ्यालीमा प्रतिस्पर्धा गरिसकेका छन् । स्टार्टअप वल्डकपको विश्वविजेता स्टार्टअपले १ मिलियन डलर (करिब १३ करोड नेपाली रुपैँया) बराबरको लगानी पुरस्कार पाउँदछन् ।

स्टार्टअप इन्कुवेशन/ईन्नोभेसन सेन्टर सञ्चालनमा ल्याउने बिषयमा भएको सम्झौतामा काठमाडौँ जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकी र स्टार्टअप वल्र्डकप नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले हस्ताक्षर गरेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी