काठमाडौँ । बैंकिङ कसुर मुद्दामा दाङ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य निमबहादुर बुढाथोकी पक्राउ छन् । चेक बाउन्समा जिल्ला अदालत बाँकेले सुनाएको फैसला कार्यान्वयका लागि बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले पुष्टि गरेको छ ।
बुढाथोकीलाई दाङको घोराहीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बुढाथोकीविरुद्ध दाना कम्पनीले अदालतमा चेक बाउन्समा मुद्दा हालेको थियो । बुढाथोकीविरुद्द जिल्ला अदालत बाँकेमा मुद्दा परेकोले पक्राउ गरेर बाँकै नै पाठाइएको दाङ प्रहरीले जनाएको छ ।