काठमाडौँ । गुडविल फाइनान्सले यसवर्ष सेयरधनीको हात खाली राख्ने भएको छ । फाइनान्सको पुष ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने प्रस्तावसहित वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पठाउने निर्णयसमेत गरेको छ ।
राष्ट्र बैंकले फाइनान्सको वित्तीय विवरण स्वीकृत गरेपछि मात्रै कम्पनीले साधारणसभा आह्वान गरेको छ ।