Skip to content
LAXMI SUNRISE BANK

सोमबार स्थिर रह्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला १४७५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य एक लाख दुई हजार ७ सय ९५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य एक लाख दुई हजार ३ सय २५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२६४.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK