×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

य:मरी पुन्हिको दिन कसरी छ चामलको पिठो र शख्खरको मूल्य ?

LAXMI SUNRISE BANK
GLOBAL

य:मरी पुन्हिको दिन कसरी छ चामलको पिठो र शख्खरको मूल्य ?

१० पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाली बजारमा चामलको पिठो र शख्खरको माग बढेको छ । नेवार समुदायले मनाउने य:मरी पुन्हिमा य:मरी खाने प्रचलन रहेकाले चामलको पिठो र शख्खरको माग बढेको हो ।

विशेषगरी य:मरी बनाउन चामलको पिठो र शख्खरको प्रयोग गर्ने गरिन्छ । शख्खरलाई पकाएर चाकु तयार परेर य:मरी बनाईन्छ ।

नेपाल खुद्रा व्यापार संघले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज चामलको पिठो (खस्रो) प्रतिकेजी ५० रुपैयाँ र चामलको पिठो (मसिनो) प्रतिकेजी ६० रुपैयाँ रहेको छ । त्यस्तै, दाराजका अनुसार शख्खरको मूल्य प्रतिकेजी १२० रुपैयाँ रहेको छ ।

नयाँ धानको चामलको पिठोलाई माछाकोजस्तो स्वरूप बनाएर त्यस भित्र चाकु, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट य:मरी तयार पारिन्छ ।

व्यापार संघले चामलको पिठोको मूल्य सार्वजनिक गरेको भएता पनि बजारमा महँगो मूल्यमा चामलको पिठो र शख्खर बिक्री वितरण गरिरहेको पाइएको छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउछन्।

‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी