काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको आइपीओ बाँडफाँट हुने भएको छ । कम्पनीको आइपीओ पुष ११ गते बुधबार (आज) बिहान १० बजे बाँडफाँट हुने भएको हो ।
उक्त आइपीओमा १६ लाख ६० हजार २२ जना आवेदकले १० कित्ताका दरले १ करोड ६६ लाख २२० कित्ता सेयर हात पार्ने भएका छन् । त्यस्तै, बाँकी रहेको सेयर गोलाप्रथाबाट बाँडफाँट गर्दा थप कित्ता सेयर अरु लगानीकर्ताले हात पार्ने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले आइपीओ बिक्री खुला गरेको थियो ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ । इक्रा नेपालले २०८० असार १८ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ असार १७ गतेसम्म बाहल रहनेछ । यसरी क्रेडिट रेटिङ रिपोर्टलाई आधार मान्ने हो भने यो कम्पनीको सेयर खासै जोखिम भने देखिदैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्