×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारको दोहोरो चरित्र सह्य हुँदैनः विप्लव

PRIME CA
GLOBAL IME BANK

सरकारको दोहोरो चरित्र सह्य हुँदैनः विप्लव

११ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारको दोहोरो चरित्र सह्य नहुने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै विप्लवले यस्तो बताएका हुन् ।

उनले एकातर्फ सरकारले आफूहरुसँग सहमति पनि गर्ने र अर्कोतर्फबाट घेराबन्दी पनि गरेको भन्दै यो सह्य नहुने बताए । ‘सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने, यो खालको चरित्र देखिएका छन् । त्यो चल्दैन ।’, उनले भने, ‘साँझा फेरी बैठक बस्दैछ निष्कर्षमा पुग्छौँ ।’

त्यस्तै, चन्दले आफूविरुद्ध जारी भएको पक्राउ पूर्जी र सरकारसँगको सहमतिका विषयमा पनि बैठकमा ध्यानाकर्षण गराएको बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: