काठमाडौँ । सुनसरीमा मिटरब्याज पीडितको ३३ बिघा जग्गा फिर्ता गराइएको छ । पीडितले दिएको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय सुनसरीले मिटरब्याज पीडितको ३३ बिघा जग्गा फिर्ता गराएको हो ।
उजुरीका आधारमा पीडित र मिटरब्याजीबीचको आपसी छलफलपछि धितोबापत राखिएको ३३ बिघा जग्गा फिर्ता गराइएको जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराईले बताएका छन् । भट्टराईका अनुसार हालसम्म प्रशासन कार्यालयमा परेका उजुरीमध्ये २३५ वटा उजुरी फस्र्यौट भएका छन् ।
देशव्यापी आन्दोलन उठेपछि सरकारले मिटरब्याजलाई अपराध मानेर कानुनी दायरामा ल्याउन काम अघि बढाएको छ । २०७९ साउन २८ गते गृह मन्त्रालयले परिपत्र जारी गर्दै जिल्ला प्रशासनमा उजुरी दिन मिटरब्याज पीडितलाई आहृवान गरेको थियो ।
मंसिर मसान्तसम्म सुनसरी प्रशासनमा ६१४ उजुरी परेका थिए । ती मध्ये ४६० उजुरीमाथि छलफल भएको प्रशासनले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्