Skip to content
LAXMI SUNRISE BANK

अध्ययन, रोजगारी र शान्ति मिसनमा विदेश जाने नेपालीले तीन दिनभित्र लाइसेन्स पाउने !

अर्थ सरोकार

काठमाडौँ । अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले अब तीन दिनभित्र लाइसेन्स पाउने भएका छन् । एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले तीन दिनभित्रै लाइसेन्स पाउने जनाएको हो ।

यसरी शिघ्र लाइसेन्स प्रिन्ट गर्नका लागि पुष १५ गतेदेखि आवेदन दिन सकिनेछ । यस्तो आवेदन applydinew.dptm.gov.np मार्फत दिने सकिनेछ ।

यसरी आवेदन दिएर आवेदन स्वीकृत भएको मितिले तीन दिनभित्र लाइसेन्सको स्मार्ट कार्ड छपाई गरी सेवाग्राही पाउने विभागले जनाएको छ । यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुनेछ ।

यसरी प्रिन्ट भएको सवारी चालक अनुमति पत्र लिन आउँदा निवेदकले आवेदन दिँदा समावेश गरिएका कागजातको सक्कल प्रति र अनलाइन निवेदनको प्रिन्ट साथमै ल्याउनुपर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK