Skip to content
LAXMI SUNRISE BANK

बिना अनुमति ड्रोन उडाएको आरोपमा पोखराबाट चिनियाँ नागरिक पक्राउ

अर्थ सरोकार

काठमाडौँ । बिना अनुमति ड्रोन उडाएको आरोपमा पोखरामा एकजना पक्राउ परेका छन् । अनुमति नलिइ ड्रोन उडाएको भन्दै प्रहरीले एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २५ वर्षीय चिनियाँ नागरिक चेन देङ सेन रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका सेनले पोखरा महानगरपालिका–१ टुँडिखेलमा बिना अनुमति ड्रोन उडाएका थिए । अनुमति बिना नै चिनियाँ नागरिकले ड्रोन उडाएको सूचनापछि प्रहरीले सेनलाई पक्राउ गरेको हो ।

सेनलाई हाल ड्रोनसहित नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा पठाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK