Skip to content
LAXMI SUNRISE BANK

अपर तामाकोशीले १ करोड ७० लाख कित्ता हकप्रद सेयर लिलामीमा बिक्री खुला गर्ने

अर्थ सरोकार

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पुष १३ गते शुक्रबारदेखि १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने भएको हो ।

उक्त लिलामीमा लगानीकर्ताले न्युनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद पुस २९ गतेसम्म रहेको छ ।

कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK