×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

Artha Sarokar

१२ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले पुष १२ गतेबाट संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ४० हजार १६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको प्रधान कार्यालय वा कुमारी क्यापिटलको कार्यालयमा आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

सेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । सो समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरे अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी