काठमाडौं। नेपाल पर्यटन बोर्डले २५औं वर्षमा प्रवेश गरेको छ । पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा स्थापित नेपालको पहिलो संस्थाका रुपमा स्थापना गरिएको बोर्डले आइतबार राजधानीमा एक विशेष समारोहकाबिच बोर्डको रजत महोत्सव मनाएको हो ।
रजत महोत्सवको उद्धघाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन आर्थिक विकासको मेरुदण्ड भएको उल्लेख गर्दै नेपालीपन, स्थानीय स्वाद र स्वामित्वको पर्यटन आजको आवश्यक्ता भएको बताए । सन् २०२३ मा १० लाख बढि पर्यटकले नेपाल भ्रमण गरेको र यसबाट पर्यटक आगमनमा सरकारले लिएको लक्ष्य पुरा भएको भन्दै उनले पर्यटनको नीतिगत सुधार तथा अन्य आवश्यक सुधारको लागि काम भइरहको जानकारी दिएका थिए ।
त्यस्तै, पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेपालको पर्यटन प्रर्वद्धनका लागि विश्व पर्यटनमा देखिएका बदलिदा आयामहरुको अनुभव लिँदै सोही अनुरुप कार्यक्रम ल्याउनु पर्ने आवश्यक्तामाथी जोड दिए ।
कार्यक्रमको अवसरमा संस्थाको विकास र विस्तारमा योगदान गर्ने वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ सहित बोर्डसंगको सहकार्यमा रहेका विभिन्न कुटनीतिक नियोग चिनीयाँ दुतावास, भारतीय दुताबास, अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरु युएनडीपी, युएएसएड, डब्ल्यूडब्ल्युएफ एवं अन्य पर्यटनसंग सम्बन्धित संस्थाहरु हान, नाटा, टान, नारा, पीटीसि एवं निजी क्षेत्रका अन्य विभिन्न संघसंस्थाहरु एवं विभिन्न व्यक्ति हरुलाई विशेष सम्मान गरिएको थियो ।
यस्तै सो अवसरमा बोर्डमा २५वर्ष निरन्तर सेवा गर्ने कर्मचारी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, प्रबन्धक विमल कंडेल तथा कर्मचारीद्वय कल्याणी गौतम र झमकनारायण घिमिरेलाई पनि सम्मान गरिएको थियो ।
वर्ष कर्मचारी सम्मानबाट सुशिलाकुमारी कुमारी बराल, सागर उपाध्याय, गोपाल भण्डारी र रामप्रसाद लामिछाने सम्मानित भएका थिए । यसैगरी कार्यकारी प्रमुख सम्मानबाट बोर्डका निमित्त निर्देशक लक्ष्मण गौतम सहित अन्य कर्मचारीहरु गोविन्द वली, रानु शाह, सूर्य थपलिया, खेमराज तिमिल्सेना, जानकीप्रसाद उपाध्याय, शिवराज पाण्डे, नारायण बस्याल, रमा दाहाल, जुना कार्की र प्रेरणा लामा तथा कार्यकारी प्रमुख विशेष सम्मानबाट श्री वैद्य, रामप्रसाद भट्ट र अन्जिर देउला सम्मािनत भएका थिए ।
कार्यक्रममा रजत महोत्सवको अवसरमा आयोजित विभिन्न खेलमा विजयी कर्मचारी खेलाडीहरुलाई प्रमाणपत्र सिल्ड सहित प्रमाणपत्र वितरण गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्