×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुवेत पठाईदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुवेत पठाईदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

Artha Sarokar

१८ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुवेत पठाईदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । तेह्रथुम जिल्ला म्याङलुङ नगरपालिका वडा नं. २ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ८ गौशाला बस्ने ४३ वर्षीय जुनु तुम्बाहाङफे पक्राउ परेकी हुन् ।

उनले रस्मिता भुलोनलाई वैदेशिक रोजगारीको लागि कुवेत पठाईदिने भन्दै रकम ठगी गरेकी थिइन् । पीडितलाई आकर्षक तलब हुन्छ भनि विश्वास दिलाई प्रलोभनमा परेर दुई लाख रुपैयाँ ठगी गरी सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ । तुम्बाहाङफेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले  गौशालाबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी