काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज राजमाको मूल्य घटेको छ । बुधबार १५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको राजमा आज ६० रुपैयाँले घटेर न्युनतम ९० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ, टनेलको सानो गोलभेडा १४ रुपैयाँ, गोलभेडा सानो (तराई) २० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ९० रुपैयाँ, चाइनिज सुकेको प्याज ६० रुपैयाँ, लोकल गाजर ४० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ३० रुपैयाँ, रातो मुला १० रुपैयाँ, सेतो मुला लोकल १० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४० रुपैयाँ, मकै बोडी ६० , मटरकोशा ९० रुपैयाँ, घ्यु सिमि लोकल ३० रुपैयाँ, राजमा ९० रुपैयाँ, टाटे सिमि ३० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तिते करेला १००, लौका ६०, परवल ७०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) २०, हरियो फर्सी (डल्लो) ३०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ६०, बरेला ३०, पिडालु ५० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ३० रुपैयाँ, पालुंगो ९० रुपैयाँ, चम्सुरको साग ९० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, मेथीको साग ९० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ९०, बकुला ७०, तरुल ६०, कन्य च्याउ १२०, डल्ले च्याउ २८०, ब्रोकाउली ४०, चुकन्दर ७०, रातो बन्दा १२०, जिरीको साग ८०, सेलेरी १२०, पार्सले २२०, सौफको साग ९०, पुदिना २२०, गान्टे मुला ७०, तामा ९०, तोफु १२०, अदुवा १४०, हरियो खुर्सानी ७०, सुकेको खुर्सानी ४८०, हरियो अकबरे खुर्सानी ४००, हरियो लसुन ११०, हरियो धनिया १००, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन २६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती १२०, अनार ३००, हरियो अंगुर २२०, कालो अंगुर ३२०, सुन्तला ११०, हरियो तर्बुजा ६०, मौसम १३०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो २५, रुख कटहर ११०, निबुवा ४०, चाइनीज नासपाती २२०, नेपाली मेवा ६०, भारतीय मेवा ७०, अम्बा १००, लप्सी ७०, किनु १२०, किवी २५०, शरिफा २५०, अभोकाडो २५०, स्ट्रबेरी ४००, अमला ७० र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।