×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Artha Sarokar

१९ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बोटलर्स नेपाल तराई, मन्दाकिनी हाइड्रोपावर र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी कम्पनीहरुले शुक्रबार बुक क्लोज गर्दैछन् । तसर्थ, पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।

बोटलर्स नेपाल तराईले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले पुस २७ गते साधारण सभा बोलाएको छ ।

त्यस्तै, मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तैगरी, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी