×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोत्तम सिमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने

PRIME CA

सर्वोत्तम सिमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने

२५ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सर्वोत्तम सिमेन्टले २५ पुष (बुधबार)देखि प्राथामिक सेयर (आईपीओ) मा आवेदन खुला गरेको छ । कम्पनीले पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको हो । पहिलो चरणमा कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गरेको हो ।

कम्पनीले पुष २५ गतेदेखि खुला गरेको आईपीओमा प्रभावित क्षेत्र नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर १ र २, रिब्दीकोट गाउँपालिका वडा नम्बर २, ३, ४ र ६, तिनाउँ गाउँपालिकाकाको वडा नम्बर ७ र ८ र निस्दी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीयले ९ लाख ३० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको २ लाख ६७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिँदा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले कम्पनीको आईपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा प्रभावित क्षेत्रका स्थानीयले छिटोमा माघ १० र ढिलोमा माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: