Skip to content
LAXMI SUNRISE BANK

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

अर्थ सरोकार

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पुष १४ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट सेयर धनीलाई उक्त लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश दिने घोषणा गरिएको छ ।

कम्पनीले घोषणा गरेको लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीमा वितरण गरिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK