काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार पनि सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक सय रुपैयाँले घटेर एक लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन पनि एक सय रुपैयाँले घटेर प्रतितोला एक लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १४१० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।