काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले सोमबार मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरेको हो ।
राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सोमबार साँझ हुनेछ । यसका लागि आवश्यक तयारी पूरा गरिसकेको राष्ट्र बैंक स्रोतको दाबी छ ।
अर्थतन्त्रका सूचक सुधारात्मक र बाह्य क्षेत्र पनि बलियो देखिएकाले मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले केही लचकता अपनाउने देखिएको छ ।