काठमाडौँ । एनसेलको सेयर खरिदबिक्री सम्बन्धी छानबिन समितिले बुझाएको प्रतिवेदन उपलब्ध गराउन प्रतिनिधि सभाको लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई एनसेलको ८० प्रतिशत सेयर खरिदबिक्रीबारे समितिले बुझाएको प्रतिवेदन तत्काल उपलब्ध गराउन निर्देशन दिएको हो ।
एनसेलको सेयर खरिदबिक्रीबारे अध्ययन गर्न सरकारले गठन गरेको उच्च स्तरीय छानविन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई माघ १५ गते छानबिन प्रतिवेदन बुझाइसकेको छ ।
सरकारलाई बुझाएको प्रतिवेदनमा छानबिन समितिले एनसेलको ८० प्रतिशत सेयर खरिदबिक्री प्रक्रियामा कैफियत देखिएको र यथास्थितिमा स्वीकार गर्न उपयुक्त नहुने निष्कर्ष निकालेको थियो । योसँगै समितिले एनसेलको सेयर खरिदबिक्री कार्यमा अनुमति दिन नमिल्ने सुझाव दिएको थियो ।
सोही अनुसार लेखा समितिले छानबिन समितिले बुझाएको प्रतिवेदनको एक प्रति समितिमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्