×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउदीमा लोक्कल रक्सी बनाएर बेच्ने सयौँ नेपाली पक्राउ !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

साउदीमा लोक्कल रक्सी बनाएर बेच्ने सयौँ नेपाली पक्राउ !

Artha Sarokar

१ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साउदी अरबमा रक्सी बनाएर बेच्ने सयौँ नेपाली पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि साउदी गएर अवैध रुपमा नेपाली रक्सी बनाएर बिक्री वितरण गरेको अरोपमा साउदी प्रहरीले चार सय नेपालीलाई पक्राउ गरेको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पक्राउ परेका सबै नेपालीहरु रोजगारीको शिलशिलामा साउदी पुगेको थिए । त्यहाँ उनीहरुले नेपालीहरुले प्रयोग गर्ने लोक्कल रक्सी, छ्याङ्ग तथा घरेलु मदिरा बनाएर बिक्री वितरण गर्ने तथा सेवन गर्दै आएका थिए । यसरी अवैध रुपमा रक्सी बनाएर बिक्री वितरण गरेको पाइएपछि साउदी प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उनीहरुले बढी आम्दानी हुने लोभले त्यसरी अवैध रुपमा रक्सी बनाएर बेच्ने गरेको पाइएको साउदीस्थित नेपाली राजदूतावासका एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार सो कसुरमा पक्राउ परेर करिब चार सय नेपालीहरु जेलमा पुगेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी