×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फलफूल पसलमा अनुगमन, छुट्टाछुट्टै पसलबाट ८६ किलो फलफुल जफत गरी नष्ट

PRIME CA

फलफूल पसलमा अनुगमन, छुट्टाछुट्टै पसलबाट ८६ किलो फलफुल जफत गरी नष्ट

१९ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

भक्तपुर । भक्तपुर नगरपालिकाले अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा बुधबार यहाँका फलफूल पसलमा अनुगमन गरेको छ । फलफूलमा जथाभावी, मनपरी मूल्य बढाएर महँगोमा फलफूल बिक्री गरेकाले अनुगमन गरेको गोराले बताउनुभयो । अनुगमनमा सबै व्यापारीलाई पसल सफा राख्न, पसल दर्ता र नवीकरण गर्न, तराजु नाप तौल विभागबाट नवीकरण गर्न, मूल्यसूची राख्न, महँगोमा बिक्री नगर्न, स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिइएको छ ।
अनुगमनमा कमलविनायक एसराज फलफूल पसलमा १५, कमलविनायक तरकारी तथा फलफूल पसलमा २०, क्लासिक फुड्स सपमा १०, सुवास फलफूल पसलमा १५, हरिन्द्र फलफूल पसलमा १८, सन्तोष फ्रुट सेन्टरमा तीन र एसपी जुस सेन्टरमा पाँच किलो बिग्रेको फलफूल जफत गरी नष्ट गरिएको निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: