×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आइएमई पे’ डाउनलोड गर्नेको संख्या १० लाख नाघ्याे, भाग्यमानी सेवाग्राहीलाई मोबाइल उपहार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘आइएमई पे’ डाउनलोड गर्नेको संख्या १० लाख नाघ्याे, भाग्यमानी सेवाग्राहीलाई मोबाइल उपहार

१८ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौ‌ं । आइएमई पे एप डाउनलोड गर्नेको संख्या १० लाख नाघेकाे छ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे एप डाउनलोड गर्नेको संख्या १० लाख नाघेकाे हाे ।
डाउनलोड १० लाख पुगेको अवसर मा ‘आइएमई पे’ बाट मोबाइल टप–अप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा वान प्लस मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उपहार स्वरूप प्रदान गरिने कम्पनिले जनाएकाे छ । यो योजना आजैबाट शुरु भइ अक्टोबर १५ सम्म कायम हुने कम्पनिले बताएकाे छ ।
कम्पनी स्थापनाको छोटै समयमा ३० लाखभन्दा बढी घरपरिवारसम्मको पहुँचमा पुग्न सक्नु आफ्नो कम्पनीको उल्लेख्य सफलता भएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकाल बताउँछन् । आमसेग्राहीहरूको विश्वास, आवद्ध व्यवसायीक साझेदारहरूको प्रयास र कर्मचारीहरूको लगनशीलता यो पहुँच विस्तारको मूख्य कारण रहेकाले यसको सम्पूर्ण श्रेय वहाँहरूलाई नै जाने ढकालले बताए ।
आइएमई पे बाट ३० लाखभन्दा बढी सेवाग्राहीहरू लाभान्वित हुँदै आएकाे कम्पनिले जनाएकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी