Skip to content
LAXMI SUNRISE BANK

समस्याग्रस्त नेपाल सेयर मार्केट्सको व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा कर्मचारी माग

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड, पुतलीसडक, काठमाडौंको व्यवस्थापन तथा संचालनका लागि एक जना कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समुहमा एक जना संयोजक पदका लागि जागिर खुलाएको हो । व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशाशन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्युनतम १० वर्ष काम गरेको अनुभव प्राप्त बैंकिङ विज्ञ हुनुपर्ने बैंकले जनाएको छ ।

इच्छुक तथा योग्य नेपाली नागरिकले उक्त पदमा चैत ४ गतेसम्म दरखास्त फारम पेश गर्न सक्नेछन् ।

बाँकि जानकारी

१. सेवाअवधि : १ (एक) वर्ष (आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६/६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने) ।

२. दरखास्त दिने अन्तिम मिति (२०८०/१२ /०४) मा उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।

३. परीक्षाको किसिम : कार्ययोजना तथा सोको प्रस्तुतीकरण र अन्तर्वार्ता ।

४. दरखास्त स्वीकृत भएका उम्मेदवारको नामावली, कार्ययोजना प्रस्तुतीकरणको समयतालिका र अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारको सूची तथा समयतालिका बैंकको वेबसाइटमा प्रकाशन गरिनेछ ।

५. पारिश्रमिक तथा अन्य सुविधाहरू रु. १,२६,३००/- (अक्षरेपि एक लाख छब्बीस हजार तीन सय मात्र) मासिक पारिश्रमिक (नियमानुसारको करसहित) प्रदान गरिनेछ । दशैं खर्चबापत एक महिनाको पारिश्रमिक बराबरको रकम प्रदान गरिनेछ । सोबाहेक अन्य कुनै प्रकारको भत्ता प्रदान गरिने छैन । साथै, भैपरि आउने बिदा वार्षिक १२ दिन सम्म पाउने ।

६. काम गर्नुपर्ने कार्यालय : नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड, पुतलीसडक काठमाडौं ।

७. दरखास्तफाराम छनौट समितिको सचिवालयमा पेस गर्नुपर्नेछ ।

८. दरखास्त पेस गर्ने अन्तिम दिनमा सार्वजनिक बिदा पर्न गएमा सोको पछि कार्यालय खुलेको दिन कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिनेछ ।

९. दरखास्त फाराम र सोका साथ पेस गर्नुपर्ने विवरण, व्यावसायिक कार्ययोजनाको ढाँचा तथा कार्यादेशसम्बन्धी जानकारी छनौट समितिको सचिवालयबाट उपलब्ध हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK