काठमाडौँ । एभरेष्ट बैंकको खुद नाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ६.२३ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले १ अर्ब २५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.९१ प्रतिशतले घटेर २ अर्ब ३७ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैंकको यस्तो आम्दानी २ अर्ब ४० करोड रुपैयाँ थियो ।
बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकको सञ्चालन नाफा १ अर्ब ६८ करोड रुपैयाँबाट बढेर १ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ भने बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ४९ करोडबाट घटेर ३ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ ।
यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३४.७८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २४३.०१ रुपैयाँ रहेको छ । बैंकले असोज मसान्तसम्म कुल ३ खर्ब ३६ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्