×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डुका थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बैंकको शाखा सिल !

PRIME CA
GLOBAL IME BANK

बैंक अफ काठमाण्डुका थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी, बैंकको शाखा सिल !

१५ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । बैंक अफ काठमाण्डुका थप कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैंकमा कार्यरत कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो। कन्चनपुरको बेलौरी नगरपालिका–४ बेलौरी बजारस्थित श्रीपुर शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसँगै शाखा सिल गरिएको हो । 
कोरोना सङ्क्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा रहेका अन्य कर्मचारीको पिसिआर जाँच गरी नतिजा नआउँदासम्म बैंकका शाखाको कामकाज बन्द गरिएको नगरपालिकाको वडा नं ४ का वडा अध्यक्ष अर्जुन ढकालले जानकारी दिए । बैंक अफ काठमाडौँका कर्मचारी काठमाडौँबाट फर्केपछि उनीमा ज्वरो देखियो वडा अध्यक्ष ढकालले भने, ‘पिसिआर चेकजाँच गर्दा नतिजा पोजेटिभ आएपछि अन्य कर्मचारीको पिसिआर चेकजाँच गरी नतिजा नआउँदासम्म शाखा बन्द गर्न आग्रह गरेपछि बन्द गरिएका छन् ।’
उनका अनुसार कोरोनाको सङ्क्रमण पुष्टि भएका कर्मचारीको अवस्था सामान्य छ । कोरोनाको सङ्क्रमण देखिएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारी क्वारेन्टिानमा छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: