×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाइड्रोलिकमा समस्याः दोहा उडेको जहाज पुनः काठमाडौँ फर्कियो

PRIME CA
GLOBAL IME BANK

हाइड्रोलिकमा समस्याः दोहा उडेको जहाज पुनः काठमाडौँ फर्कियो

१६ चैत्र २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। नेपाल वायुसेवा निगमको वाइडबडी आरए-२३९ उडान नम्बरको जहाजमा समस्या देखिएको छ । बिहीबार काठमाडौंबाट दोहा जाँदै गरेको जहाजमा प्राविधिक समस्या देखिएपछि उडेको ४४ मिनेटमै पुन: काठमाडौं फर्किएको हो ।

दुई सय ६५ यात्रु बोकेर दोहा जाँदै गरेको जहाजको हाइड्रोलिकमा समस्या देखिएपछि काठमाडौं फर्किएको निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनले जनाएका छन् । पुनका अनुसार अल्फा लिमा यंकी (अन्नपूर्ण) को हाइड्रोलिक सिस्टममा समस्या देखिएपछि चालकदलले १२ बजे राति उडेको वाइडबडीलाई काठमाडौं नै फर्काएका हुन् ।

उक्त जहाजमा समस्या देखिएपछि यात्रुलाई राति ३ बजे निगमको अर्को वाइडबडी अल्फा लिमा जुलु (मकालु) जहाजमा पठाइएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: