Skip to content
LAXMI SUNRISE BANK

सरकारी खातामा २ खर्ब बढी नगद मौज्दात

अर्थ सरोकार

काठमाडौँ । चालु आर्थिक वर्ष २०८० ८१ को फागुन मसान्तसम्म सरकारी ढुकुटीमा २ खर्बभन्दा बढी नगद मौज्दात रहेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार फागुन मसान्तसम्ममा विभिन्न बैंकहरुमा रहेको सरकारी खातामा २ खर्ब ४ अर्ब ९६ करोड रुपैयाँ नगद मौज्दात रहेको देखिएको हो ।

यो मौज्दात रकम संघीय, प्रदेश र स्थानीय गरी तीनै सरकारको भएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा सरकारी ढुकुटीमा ६५ अर्ब ३६ करोड नगद मौज्दात रहेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK