Skip to content
LAXMI SUNRISE BANK

स्कुटरमा राखेको झोलाबाट साढे २ लाख रुपैयाँ चोरी

अर्थ सरोकार

काठमाडौँ । स्कुटरमा राखेको झोलाबाट साढे २ लाख रुपैयाँ चोरी भएको पाइएको छ । दोलखा शैलुङगेश्‍वरी गाउँपालिका-४ घर भएका ३३ वर्षीय जित बहादुर खवासको काठमाडौँ महानगरपालिका २४ मखन गल्लीमा पार्किङ गरेर राखेको स्कुटरबाट नगद २ लाख ४० हजार रूपैयाँ चोरी भएको हो ।

प्रहरीका अनुसार प्रदेश ३-०२-००४-प २८३८ नम्बरको स्कुटर पार्किङ गरी चिया खान गएको अवस्थामा स्कुटरको अगाडि राखेको झोलाबाट सो नगद चोरी भएको  हो । उक्त रकम बिहीबार बेलुका चोरी भएको भन्दै खवासले उजुरी समेत दिएका थिए ।

प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK