Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा सञ्चालक योग्यताको लफडा: अर्को पेशी बैशाख २३ गते तोकियो (अदालतको पूर्णपाठसहित)

अर्थ सरोकार

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालकहरुको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर गरिएको रिटको अर्को पेशी बैशाख २३ गते तोकिएको छ । न्यायाधीश डा.आनन्दमोहन भट्टराई र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले उक्त रिटको अर्को पेश बैशाख २३ गतेका लागि तोकेको हो ।

प्राध्यापक डा.ताराप्रसाद सापकोटाले हालेको रिटमा यसअघि न्यायाधीश महेश शर्मा पौडेलको एक इजलाशले बैंकका नाममा कारण देखाउ आदेश जारी गर्दै बैंकको चुनाव प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्चमा दायर गरिएको उक्त रिटमाथिको पेशी स्थगित नभए बैशाख २३ गते बैंकका सञ्चालकको योग्यताका विषयमा अदालतमा छलफल हुनेछ ।

छलफलपछि सर्वोच्च अदालतले गर्ने फैसलाका आधारमा बैंकको सञ्चालक समितिको चुनाव कहिले हुने भन्ने निक्र्योल हुनेछ ।

डा.सापकोटाले दायर गरेको रिटमा नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेगा बैँक संचालक समिति, नेपाल इन्भेष्टमेन्ट मेगा बैँक लिमिटेडको संचालक समितिको निर्वाचन गराउन नियुक्त निर्वाचन अधिकृत शिव कुमार श्रेष्ठ, पृथ्वी बहादुर पाँडे, प्रजन्य राजभण्डारी, मुक्तिराज पाण्डे, मदनकुमार आचार्य, बरुण श्रेष्ठ, पर्वतकुमार कार्की÷रवि महर्जनलाई विपक्षी बनाइएको छ । यस्तो छ अदालतको आदेशका पूर्णपाठः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK