काठमाडौँ । बाख्रापालक किसान समूहलाई नश्ल सुधारका लागि बीउ बोका प्रदान गरिएको छ । महोत्तरीको मटिहानी नगरपालिकाका विभिन्न कृषक समूहमा आबद्ध बाख्रापालक किसानलाई नश्ल सुधारका लागि बीउ बोका प्रदान गरिएको हो ।
मटिहानी नगर कार्यपालिकाको कार्यालय र हेफर प्रजेक्ट नेपालको सहयोगमा सञ्चालित ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ले नगरक्षेत्रका किसान समूहमा आबद्ध २० जना महिलालाई बोयर जातका उन्नत बीउ बोका दिइएको हो । बीउ बोकाबाट स्थानीय जातका बाख्रामा नश्ल सुधार भइ किसानको आयआर्जनमा मद्दत पुग्ने नगरप्रमुख हरिप्रसाद मण्डलले बताए ।
बोयर जातका उन्नत बीउ बोकाबाट अब बाख्राले जन्माउने पाठापाठीको नश्ल सुधार हुने र आपूmहरूको अम्दानी बढ्ने महिला किसान बताउँछन् । ‘अब हाम्रा बाख्राले चाँडै बढ्ने र ठूला हुने पाठापाठी जन्माउने छन्, यिनबाट पहिलेका पाठापाठीभन्दा बढी आम्दानी हुनेछ ।’, बीउ बोका पाएपछि मटिहानी–१ की बाख्रापालक महिला किसान हीरा सहनीले भनिन्, ‘यसले हाम्रो आर्थिक अवस्थामा सुधार हुनेछ ।’
हीराजस्तै मटिहानी–३ आवर बस्तीकी ललितादेवी र मटिहानी–५ विसनपुरकी सरिता रामले पनि उन्नत जातका बीउ बोका पाएपछि अब आफ्ना गोठमा जन्मने पाठापाठी चाँडै बढ्ने, खदिलो मासु भएका र बढी तौलका हुनेमा आफू ढुक्क रहेको बताए नगरक्षेत्रमा किसान समूहमा आबद्ध महिला किसानलाई क्रमशः बीउ बोका प्रदानको कार्यक्रमलाई निरन्तरता दिइने परियोजना प्रबन्धक महेश यादवले बताएका छन् ।
यो कार्यक्रमले गरिब वर्गका किसानले आर्थिक उपार्जनमा थप अवसर बढाउने नगरप्रमुख मण्डल बताउँछन् । पशुपालनमात्र नभई नगरक्षेत्रमा मखान खेती गर्ने, अन्नबाली, तरकारी, दलहन र तेलहन बाली लगाउँदै आएका किसानलाई बीउ, मलदेखि खेतीमा आवश्यक प्राविधिक सहयोग र बजारीकरणमा पनि सहयोग गर्दै आएको उनले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्