काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी एमालेको भातृसंगठनको रुपमा रहेको नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा भगिरथ सापकोटा चयन भएका छन् ।
पर्यटन व्यवसायी सापकोटा यसअघि दुई कार्यकालसम्म महासंघको महासचिव रहेका थिए । अध्यक्षमा सापकोटाका साथै महासचिबमा बालकृष्ण शिवाकोटी र कोषाध्यक्षमा डिमप्रकाश पौडेल चयन भएका छन् ।
शिवाकोटी मेगा बैंकका पूर्व संचालक एवम कालिन्चोक केवलकारका अध्यक्ष हुन् भने पौडेल नेपाल वायुसेवा निगमका पूर्वमहाप्रवन्धक हुन् ।
एमाले पार्टीसँग नजिक रहेका देशभरका उद्योगी व्यवसायीहरु महासंघमा आवद्ध छन् । ६५ जिल्लामा जिल्ला संघ र १२० नगरमा नगर संघको सन्जाल रहेको सो महासंघमा विभिन्न ११ वटा वस्तुगत संघहरुमा समेत गरी कुल ७० हजारभन्दा बढी व्यवसायी संघसंस्थाहरु सदस्य रहेका छन् । सदस्यताको हिसाबले यो नै सबैभन्दा ठुलो संजाल रहेको व्यवसायीहरुको महासंघ हो ।
यसअघि सांसद एलपी साँवा अध्यक्ष रहेकोमा महाधिबेशन हुन नसकेकाले सापकोटालाई अध्यक्ष बनाई तदर्थ समितिको रुपमा रुपमा महाधिवेशन गराई नयाँ नेतृत्व चयन गर्ने जिम्मेवारी दिइएको छ । नयाँ समितिमा पदाधिकारीसहित १५१ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ । नयाँ समितिले विधिपूर्वक ६ महिनाभित्र महाधिवेशन गराउने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्