×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार लगानीकर्ताले नाफा बुक गर्दा ११.६८ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ५९ करोडमा समिति !

PRIME CA

मंगलबार लगानीकर्ताले नाफा बुक गर्दा ११.६८ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ५९ करोडमा समिति !

१८ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार घटेको छ । सोमबारको तुलनमा नेप्से ११.६८ अंकले घटेर २७७१.१५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१६ कम्पनीको १ करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ५९ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमाको भएको छ । यस कम्पनीको ५७ करोडमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: लुम्बिनी विकास बैंक र राधि हाइड्रोपावरको भएको छ । आज ३ समूहबाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरैकालिका पावरका लगानीकर्ताले कमाएका छन् भने दिब्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: