काठमाडौँ । साताको कारोबारको छैटौँ दिन शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन, आज २३ सय रुपैयाँले बढेर १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन २३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य ५० रुपैयाँले बढेर प्रतितोला १७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १८ हजार २ सय ३० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १७ हजार ६ सय ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४८७.५० रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।