काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट र होटल इच्छा सिमराबीच पूँजी वृद्धि र लगानीकर्ता जुटाउने सम्बन्धमा सम्झौता भएको छ । सो सम्बन्धमा यही वैशाख २६ गते नेक्सजेनको कर्पोरेट कार्यालयमा सम्झौता भएको हो ।
सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र होटेल इच्छाको तर्फबाट अध्यक्ष इच्छा बहादुर वाग्लेले दस्तखत गरेका छन् । सिमरामा अवस्थित होटल इच्छा हालै मात्र नेपाल सरकार पर्यटन मन्त्रालयबाट स्वीकृत प्राप्त फाइभ स्टार होटल हो । यो होटल २०७३ शालदेखि सञ्चालन हुँदै आएको छ । नयाँ इजाजत पाएपछि होटल इच्छा मधेश प्रदेशकै पहिलो फाइभ स्टार होटल भएको छ ।
सो सम्झौता बमोजिम होटल इच्छाको पूँजी वृद्धि गर्ने र सो बमोजिम संस्थापक लगानीकर्ता जुटाउनमा नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले सहयोग र परामर्श दिने सहमति भएको अध्यक्ष वाग्लेले जनाएका छन् । फाइभ स्टार होटल सञ्चालनको अनुमति पाइसकेपछि होटल इच्छालाई अन्तराष्ट्रिय स्तरको बनाउन आवश्यक छ ।
साथै, थप सुविधाहरू जडान गर्न ठुलै पूँजीको आवश्यक पर्दछ । पूँजी वृद्धि पछि लगानीको श्रोत पर्याप्त हुने र आवश्यकता अनुसार स्तर वृद्धि गर्न सजिलो हुनेछ । भविष्यमा होटलको पहिचान र दायरा ब्यापक बनाउन सर्वसाधारणलाई पनि सेयर जारी गर्ने योजना रहेको छ ।
पूर्व बैंकहरू समेतको लगानीमा सञ्चालित नेक्सजेन म्यानेजमेन्टले होटल इच्छाको माथि उल्लेखित काम सम्पन्न गर्न परामर्शदाताको रूपमा काम गर्नेछ । सञ्चालनको छोटो अवधिमा नेक्सजेनले लगानी सम्मेलनमा कोरियन लगानी भित्र्याउने सहमति गरिसकेको छ ।
नेपालभित्र पनि विभिन्न कम्पनीहरूसँग सम्झौतागरी नयाँ कम्पनी स्थापना, सञ्चालित कम्पनलाई आवश्यक पूँजी जुटाउन, रूग्ण उद्योग र बैङ्कर बिचमा समन्वय गर्न तथा कम्पनीहरूको योजना अनुसार सर्वसाधारणलाई सेयर जारी गर्ने कार्यमा परामर्श सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्