Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकको सुरक्षा गार्ड हत्या आरोपमा एक जना पक्राउ

अर्थ सरोकार

काठमाडौं । नेपाल बैंक लिमिटेडको सुरक्षा गार्डको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्र सुवेदी रहेका छन् । उनलाई मधेश प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले मकवानपुरबाट पक्राउ गरेको हो ।

शुक्रबार सप्तरीको सप्तकोशी नगरपालिका-१ फत्तेपुरस्थित शाखा कार्यालयमा ५५ वर्षीय सुरक्षा गार्ड पर्शुराम फुँयालको हत्या गरी लुटपाटको प्रयास गरिएको थियो ।

सुरक्षा गार्डको हत्यापछि बैंकमा लुटपाटको प्रयास भएपनी बैंक लुट्ने योजना असफल भएपछि उनीहरु भागेको बैंकले जनाएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK