×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कृषिवस्तुमा अग्रिम आयकर उपयुक्त छैन’- चन्द्र ढकाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘कृषिवस्तुमा अग्रिम आयकर उपयुक्त छैन’- चन्द्र ढकाल

२३ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले बजेटमार्फत कृषिवस्तुको आयातमा लागु गरेको अग्रिम आयकरको व्यवस्था उपयुक्त नभएको बताएका छन् । ‘उद्योग व्यवसायमैत्री वातावरण निर्माणमा निजी क्षेत्र-सरकार संवाद’मा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले महासंघसँग आबद्ध विभिन्न संघसंस्थाहरुमा आयकर, भन्सार र कृषिजन्य उत्पादनका करका दरमा भएको संशोधनले चिन्ता बढेको उल्लेख गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आलु, प्याज लगायतका कृषिवस्तुमाथिको मूल्य अभिवृद्धि करको व्यवस्था हटाएको घोषणा गरे पनि अग्रिम आयकर लागू गरेको हो । यो व्यवस्थाले व्यवसायीबीच अन्योल बढाएको ढकालको भनाई छ । ‘आयकर, भन्सार, अन्तःशुल्कका दरहरु र मूल्य अभिवृद्धि करको व्यवस्थामा गरिएका संशोधनले उद्योग व्यवसायीहरुमा अन्योल देखिएको छ ।’, उनले भने, ‘विशेषगरि कृषि र कृषिजन्य उत्पादन आयातमा लागू गरिएको अधिकतम १० प्रतिशतसम्मको अग्रिम आयकरको व्यवस्था र यसको फिर्तासमेत नपाउने व्यवस्थामा उद्यामी व्यवसायीहरुको चिन्ता र चासो देखिएको छ ।’

त्यस्तै, उनले सार्वजनिक र निजी क्षेत्र एउटै सिक्काको दुई पाटो भएको भन्दै अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सबैको समान योगदान रहेको बताएका छन् । नेपाल सरकारले बजेटका उद्देश्य, प्राथमिकता, रणनीति लगायतका सबै पाटोहरुमा निजी क्षेत्रलाई समेटेको देखिए पनि विभिन्न क्षेत्र, समुदाय र तहहरुबाट अपेक्षाकृत सम्बोधन नभएको प्रतिक्रिया आइरहेको ढकालले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी