×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्स्योरेन्स कम्पनी २६औं वर्षमा प्रवेश, जगेडा कोषमा ६८ करोड २३ लाख १७ हजार रुपैयाँ

PRIME CA

नेको इन्स्योरेन्स कम्पनी २६औं वर्षमा प्रवेश, जगेडा कोषमा ६८ करोड २३ लाख १७ हजार रुपैयाँ

१७ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी आज सोमबारबाट २५ बर्ष पुरा गरी २६औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले बिमा समितिबाट २०५३ साल जेठ १७ गते बीमा समितिबाट अनुमति पाई कारोबार सुरु गरेको थियो ।
प्रमोटर सेयर लगानीकर्ताको ३ करोड रुपैयाँ चुक्ता पूँजीबाट कारोबार सुरु भएको थियो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ पुगेको छ । कम्पनीमा नेको इन्स्योरेन्समा गैर आवासीय नेपाली तथा स्वदेशी व्यवसायी समुहको लगानी रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३६ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । 
यस्तै कम्पनीको जगेडा कोषमा ६८ करोड २३ लाख १७ हजार रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोष १ अर्ब ७१ लाख ५५ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ५२ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५९ पैसा रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: