
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हिमालयन डिष्ट्रिलरीकी पूर्व सञ्चालिका रहिशा शाह श्रेष्ठ नेपाल धितोपत्र बोर्ड (सेबोन) को कारबाही परेकी छिन् । उनले हिमालयन डिस्टिलरीको सञ्चालक पदबाट हटेको एक वर्ष नपुग्दै नियमविपरीत शेयर बिक्री गरेको भन्दै बोर्डले ७५ हजार रूपैयाँ जरिवाना गर्ने निर्णय गरिएको बोर्डले जनाएको हो ।
साथै बोर्डले सेयर बिक्री गराउने ब्रोकर कम्पनी इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाललाई कारबाही गरेको छ । बोर्डले हिमालयन डिष्टिलरीको पूर्व सञ्चालक श्रेष्ठलाई ७५ हजार रुपैयाँ र इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने जनाएको छ ।
सूचिकृत संगठित संस्थाको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७४ को दफा १४ को उपदफा (६) को व्यवस्था विपरीत सञ्चालक पदबाट हटेको १ वर्ष नपुग्दै विभिन्न मितिमा श्रेष्ठले हिमालयन डिष्टिलरीको सेयर बिक्री गरेको बोर्डले जनाएको छ ।
साथै श्री इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रालिले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम २९ बमोजिम रहिशा शाह श्रेष्ठको बारेमा पूर्ण विवरणसहितको अभिलेख नराखेको भन्दै बोर्डले सजाय गर्ने निर्णय गरेको हो । कानुनमा भएको कुलिङ पिरियड नसकिदै आफू सञ्चालक रहेको कम्पनीको शेयर बिक्री गरेको अभियोगमा कारबाही भएको यो पहिलो पटक हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्