×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पशुपतिनाथ मन्दिरको भेटी चोर्ने ५ जना पुर्पक्षका लागि कारागार चलान, एक जना धरौटीमा छुटे 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पशुपतिनाथ मन्दिरको भेटी चोर्ने ५ जना पुर्पक्षका लागि कारागार चलान, एक जना धरौटीमा छुटे 

६ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पशुपतिनाथ मन्दिरको भेटी चोरेको आरोपमा पक्राउ परेका ६ मध्ये पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । न्यायाधीश कपिलमणि गौतमको इजलासले थुनछेक बहसपछि पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, सञ्जय कपाली, कुमार दमाइ र अनिल परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

५१ वर्षीय नवराज ढोडारी काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायबसुब्बा पदमा कार्यरत थिए । ३६ वर्षीय नवराज घिमिरे ब्राह्मण थिए भने उनी काठमाडौँ-६ बस्दै आएका थिए । 

त्यस्तै, कोषका बाजा बजाउने कर्मचारीहरु भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१२ का २९ वर्षीय सञ्जय कपाली, कागेश्वरी मनोहरा ८ बस्ने ३४ वर्षीय अनिल परियार, कागेश्वरी मनोहरा-९ बस्ने ३५ वर्षीय कुमार दमाइ परियारलाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।  

काठमाडौँ-८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई भने अदालतले तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । गत जेठ ७ गते पशुपतिनाथको भेटी चोरी गरेको सिसिटिभी फुटेजमा देखिएपछि पक्राउ उनिहरुलाई पक्राउ गरी प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान गरेको थियो । 

जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध दुई करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर डाँका/चोरी मुद्दा दर्ता गरेको छ । भेटी चोरी गर्ने समूहलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी